तपाईँ सुन्दै हुनुहुन्छः

जावलाखेल युवा क्लबद्वारा ब्रिगेड ब्वाइज एक–शुन्यले पराजित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबारको पहिलो खेलमा जावलाखेल युवा क्लबले ब्रिगेड ब्वाइज क्लबलाई १–० ले पराजित गरेको छ ।

जावलाखेलको जितमा सुजित बुढाथोकीले ३२ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

यस जितसँगै जावलाखेल १० खेलमा ४ जित, ३ बराबरी र ३ हारसहित १५ अंक जोड्दै सातौं स्थानमा उक्लिएको छ । यता बिबिसी भने १० खेलमा ८ अंक जोड्दै ११ औं स्थानमा छ ।

दोस्रो खेलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले सिजनको पहिलो हार बेहोरेको छ ।

यो हारले मनाङको पराजित यात्रामा पूर्णविराम लागेको हो । लिगको दशौं चरणमा आएर मनाङ च्यासल युथ क्लवसँग दुइ शुन्यले पराजित भएको छ । यो हारले मनाङलाई उपाधि यात्रामा ठूलो धक्का लागेको छ ।

एन्फा कम्प्लेक्समा भएको खेलमा च्यासल युवा क्लबले मनाङलाई २–० ले पराजित गरेको हो । च्यासलको जितमा टाइगा नाकामुराले पहिलो हाफमा गरेको फ्रिकिक गोल र इन्ज्युरी समयमा सन्तोष साहुखलले गरेको गोल नै निर्णायक बन्यो ।

सिजनको पहिलो हारसँगै मनाङले शीर्षस्थानमा रहेको आर्मीसँग अग्रता कम गर्ने अवसर गुमाएको छ ।

तेस्रो स्थानमा सीमित रहेको मनाङले लिगका १० खेलमा ५ जित, ४ बराबर र १ हारसहित १९ अंक जोडेको छ । यता च्यासल भने १० खेलमा १२ अंक जोड्दै नवौं स्थानमा उक्लिएको छ ।

यस जितले च्यासल रेलिगेसनबाट मुक्त भएको छ । च्यासलले जित दर्ता गर्दै लिगको उपाधि भिडन्तमा रोमाञ्च थपेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button