तपाईँ सुन्दै हुनुहुन्छः

‘निकुञ्ज ऐनको समयानुकूल सुधार गर्नुपर्नेमा जोड’ 

काठमाडौँ । बन क्षेत्र आसपासका बासिन्दाको आवश्यकतालाई प्राथमिकतामा राखी निकुञ्ज ऐनको समयानुकूल सुधार गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिनुभएको छ । 

राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आज राष्ट्रिय निकुञ्ज, आरक्षण र संरक्षित क्षेत्रको विद्यमान अवस्था र संरक्षणमा सामुदायिक वन उपभोक्ता महासङ्घको भूमिकाका सम्बन्धमा छलफल गर्न आज सिंहदरबारमा बसेको बैठकमा महासङ्घका पूर्व अध्यक्ष भारती पाठकले बन पैदावारको उपभोगमा स्थानीयको सहज पहुँच हुनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा महासङ्घका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारीले बनको संरक्षणमा स्थानीयको भूमिका महत्वपूर्ण हुने भन्दै बनको उपभोगमा बन क्षेत्र वरपरका बासिन्दालाई प्राथमिकतामा राखेर निकुञ्ज ऐन ल्याउनुपर्ने बताउनुभयो ।

बैठकमा सांसद्हरुले सङ्घीयताको मर्म र भावना अनुरुप निकुञ्ज ऐनलाई संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button