शिक्षा विधेयकमाथि परीक्षा बोर्ड र पाठ्यक्रम विकास केन्द्रका पदाधिकारीसँग छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक २०८० माथि सुझाव लिने क्रममा आज राष्ट्रिय परीक्षा बोर्ड र पाठ्यक्रम विकास केन्द्रका प्रमुखसँग छलफल गरेको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकमा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले हाल सञ्चालन भइरहेको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० लाई कायम राख्न र यसलाई प्रदेश सरकारबाट सञ्चालन गर्न सुझाव दिनुभयो ।
उहाँले परीक्षाको स्तर र स्वीकार्यता नभएमा त्यसले अन्तर्राष्ट्रिय स्तरमा मान्यता नपाउने भएकाले कानुन बनाउँदा त्यसमा ध्यान दिन आग्रह गर्नुभयो ।
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले पाठ्यक्रमलाई समयसापेक्ष परिमार्जनको प्रक्रिया जारी रहेको र स्थानीय तथा मातृभाषाका पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तह र शिक्षकहरूको क्षमता विकास गर्नुपर्ने बताउनुभयो ।
समितिले यसअघि शिक्षासँग सरोकार राख्ने विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसँग सुझाव लिएको थियो ।







प्रतिक्रिया राख्नुहोस्