तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका झक्कु प्रसाद सुवेदीको उम्मेदवारी दर्ता

दाङ । लुम्बिनी प्रदेशबाट नेकपा माओवादी केन्द्रका झक्कु प्रसाद सुवेदीले उम्मेदवारी दर्ता गराउनु भएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि  सुवेदीले आज  मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदकारी दर्ता गराउनु भएको हो ।

सुवेदी २०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौँ–२ बाट तत्कालीन एमाले नेता माधवकुमार नेपाललाई पराजित गरी चर्चामा आउनु भएको थियो ।

सुवेदीको समर्थकमा दिल कुमारी बुढा र प्रस्थापकमा मिना बुढा रहनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button