तपाईँ सुन्दै हुनुहुन्छः

भारतबाट नेपाल ल्याउँदै गरेको उखु बरामद

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा प्रहरीले भारतबाट नेपाल ल्याउँदै गरेको उखु बरामद गरेको छ।

बुधवार राति जिल्लाको दक्षिणी सीमा क्षेत्र बेलौरी नगरपालिका–१ बैशाखीबाट भे१ त ३२८६ नम्बरको ट्याक्टरसहित दुई ट्राली उखु प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीले जानकारी दिनुभयो ।

उहाँका अनुसार राति प्रहरी देख्दा चालक भागेका थिए। नियन्त्रणमा लिएको ट्याक्टरसहितको उखु आवश्यक प्रक्रियाका लागि त्रिनगर भन्सार कार्यालय पठाइएको छ। 

यस अघि पनि बेलौरी प्रहरीले १ ट्राली उखु नियन्त्रणमा लिई भन्सार कार्यालय पुर्याएको थियो। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button