तपाईँ सुन्दै हुनुहुन्छः

स्कार्पियोको ठक्करबाट दुई पैदल यात्रुको मृत्यु, एकको अवस्था गम्भीर

बाँके । बाँककेमा स्कार्पियोको ठक्करबाट दुई जनाको पैदलयात्रीको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८, कारकाँदो एस. के. पेट्रोल पम्म नजिकै गएराति १२ बजेतिर सु.प.प्र. ०१-०० च ३४६३ नम्बरको स्कारपिओ कार अनियन्त्रित भई पैदल यात्रीलाई ठक्कर दिँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको हो भने १ जनाको अवस्था गम्भीर रहेको छ ।

अङ्ग्रेजी नयाँ वर्ष मनाएर फर्किरहेकाहरूलाई आइतबार राति सिँक्टा सिँचाइ आयोजनाको कार्यालय नजिकै स्कारपियो गाडीले ठक्कर दिएको थियो । गाडीको ठक्करबाट नेपालगन्ज १३ निवासी अन्दाजी २४ वर्षीय आस्था शाहको एक पुरुषको मृत्यु भएको छ । पुरुषको भने पहिचान खुल्न नसकेको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुबेदीले जानकारी दिनु भएको छ। उपचारको क्रममा लैजाँदा लैजाँदै नेपालगञ्ज मेडिकल कलेजमा उनीहरूको मृत्यु भएको हो ।

घाइते नेपालगन्ज १३ का सहाना शाहको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । मादक पदार्थ (मापसे)सेवन गरेको अवस्थामा रहेका चालकलाई प्रहरीले नियन्त्रणमा लिइ अन्य अनुसन्धान जारी रहेकाे ट्राफिक कार्यालय बाँकेले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button