तपाईँ सुन्दै हुनुहुन्छः

अङ्ग्रेजी नयाँ वर्ष २०२४ मनाउन नेपाल आउने भारतीय पर्यटकहरूको वीरगंज भन्सारमा घुइँचो

वीरगंज । अङ्ग्रेजी नयाँ बर्ष २०२४ मनाउन नेपाल आउन लागेको भारतीय पर्यटकहरू सवार सवारी साधनको कारण बीरगंज भन्सारमा थामिनसक्नु घुइँचो लागेको छ । 

विशेष गरी भारतीय पर्यटकहरू अङ्ग्रेजी नयाँ बर्ष मनाउन बीरगंज सहित ठोरी, कोइलाभार रिसोर्ट, सिमरा अमलेखगंज, हेटौडा, सौराहा सहित पोखरा आउने प्रचलन बढ्दै गएपछि नयाँ वर्षको पूर्व सन्ध्यामा भारतबाट नेपाल भित्रिने मुख्य नाकाको रुपमा रहेको बीरगंज भन्सारमा भारतीय पर्यटक सवार सवारी साधनको थामिनसक्नु भिड रहेको छ । 

नयाँ बर्ष मनाउनका लागि भारतबाट समूह–समूह बनेर सवारी साधन सहित आउने क्रम जारी रहेको छ । अहिले बीरगंज सहित यस क्षेत्रका होटल, रेष्टुरेन्ट, रिसोर्ट भारतीय पर्यटकले भरिएका छन् । पर्सागढीमा रहेको इन्दु जङ्गल रिसोर्टमा आन्तरिक तथा भारतीय पर्यटकका कारण सबै कोठा बुक भई सकेको र नयाँ बर्ष मनाउन आउने पर्यटकलाई कोठा छैन भनेर फिर्ता पठाउँदा नरमाइलो लागेको रिसोर्टका सञ्चालक मणिन्द्र लाल नेपालीले बताउनु भयो । 

त्यसैगरी पर्साका ग्रामीण क्षेत्रमा रहेका होमस्टेहरुमा समेत आन्तरिक तथा बाह्य पर्यटक भरिभराउ नभएपछि ग्रामीण क्षेत्रका बासिन्दाहरू समेत खुशी भएका छन् । अहिले पर्साको ठोरी, चितवनको माडीका पर्यटकीय गाउँहरूमा कृषिसँगै पर्यटनलाई जोड दिँदै होमस्टे सञ्चालन गरेका छन् । पर्यटकहरूको स्वागत सत्कार गरेर नै स्थानीयले मनग्ये आम्दानी गर्ने गरेका छन् । 

दैनिक पर्यटकको चहलपहल हुने ठोरी र माडीका गाउँहरूमा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा थप पर्यटकहरू आएका हुन् । जसले गर्दा यहाँको माहोल रमाइलो भएको स्थानीय शिक्षक रामप्रसाद भण्डारीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button