तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुरमा सांस्कृतिक सम्पदा पदयात्रा

भक्तपुर । भक्तपुर आउने स्वदेशी तथा विदेशी पर्यटकलाई यहाँका ऐतिहासिक सम्पदा बाहाः बहीहरुको जानकारी दिने उद्देश्यले भक्तपुर नगरपालिकाले आज आयोजना गरेको सांस्कृतिक सम्पदा पदयात्रा सम्पन्न भएको छ ।

‘बाहाः बही चिनौँ, सम्पदा संरक्षण गरौँ’ भन्ने नाराका आज पाँचतले मन्दिर क्षेत्र टौमढीमा नगरप्रमुख सुनिल प्रजापतिले पदयात्राको उद्घाटन गर्दै भक्तपुरका कितपय सम्पदामा अझै पर्यटक पुग्न नसकेका कारण स्वदेशी मात्रै नभई विभिन्न देशबाट भक्तपुर भ्रमणमा आउने पर्यटकलाई यहाँका सम्पदाको थप अवलोकन गराउने उद्देश्यले पदयात्रा आयोजना गरेको बताउनुभयो ।

पदयात्रा समापन कार्यक्रममा सङ्घीय सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाले ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै आएको बताउँदै यस्ता कार्यक्रममा विश्वभरका पर्यटकलाई भक्तपुरमा आकर्षित गर्न टेवा पुग्ने बताउनुभयो ।

नगरपालिकाका उपप्रमुख रजनी जोशी, डा पुष्परत्न शाक्य, वडाध्यक्षहरु योगेन्द्रमान विजुक्छेँ र रवीन्द्र ज्याख्वालगायतले भक्तपुरको सम्पदा विश्वमा पहिचान बन्दै गएको बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button