तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा दुई सातादेखि बन्द रहेको प्याराग्लाइडिङ आजदेखि पुनः सञ्चालन 

पोखरा । पोखरामा करिब दुई सातादेखि बन्द भएको साहसिक खेल प्याराग्लाइडिङ आजदेखि पुनः सञ्चालनमा आएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र व्यवसायीबीच छलफल भएको छलफलबाट पोखरामा बन्द भएको प्याराग्लाइडिङ पुनः सञ्चालन गर्ने सहमति अनुसार पत्र समेत प्राप्त भएकोले आजदेखि नै पोखरामा प्याराग्लाइडिङ पूर्ववत् रूपमै सञ्चालन भएको नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष सुनिल भट्टराईले जानकारी दिनुभयो । 

यही पुस १२ गते सरोकारवालाहरुबीच भएको सहमतिको आधारमा नेपाल सरकारको नीति नियम तथा प्राधिकरणको नीति, नियम अनुरुप उडान सुरक्षाको प्रत्याभूति हुनेगरी उडान सुरक्षालाई उच्च प्राथमिकता दिई (फष्ट कम फष्ट सर्भिस) का आधारमा उडान गर्न क्यानले अनुमति दिएको हो । 

प्राधिकरणबाट प्रदान गरिएको तोकिएको अधिकार क्षेत्रभित्र रही सुरक्षित ढंगले मान्देढुंङ्गा क्षेत्रबाट पुनः उडान सुचारु गर्न सकिने पत्रमा उल्लेख गरिएको अध्यक्ष भट्टराईले बताउनुभयो । 

DCIM100GOPROG0028532.JPG

क्यानबाट पत्र अनुसार आज बिहान ११ः बजेदेखि व्यवसायी प्याराग्लाइडिङ उडान गर्न सुरु भएको ना पूर्व अध्यक्ष कृष्ण भण्डारीले बताउनुभयो । आजदेखि नै मान्द्रेढुंगा तथा तोरीपानीको बाहकोटदेखि प्याराग्लाइडिङ उडान भरी पामेमा अवतरण गर्न सुरु भएको उहाँले जानकारी दिनुभयो । 

गत मङ्सिर अन्तिम साता प्याराग्लाइडिङका कम्पनीहरूले आफैँ उडाउन पाउने त्यसको मूल्य पनि आफ्नै हिसाबले लिन पाउनुपर्ने माग गर्दै आएका थिए । त्यसको विवाद नाले मिलाउन नसकेपछि क्यानले तत्कालले पोखराको प्याराग्लाइडिङ स्थगित गर्न सूचना जारी गरेको थियो । 

क्यानले नियमन गर्ने गरी नालाई अधिकार दिँदै आएको सन्दर्भमा क्यानले त्यसको जिम्मेवार वहन नगर्दा प्याराग्लाइडिङबाट हुन सक्ने घटनालाई मध्यनजर गरी क्यानले प्याराग्लाइडिङ बन्द गराएको थियो ।

क्यानका सेफ्टी प्रमुख राजु श्रेष्ठ, नाका अध्यक्ष भट्टराई, ४४ वटा र १३ वटा कम्पनीका व्यवसायी र पाइलट क्लबका पदाधिकारीहरुबीच भएको छलफलमा अबदेखि प्याराग्लाइडिङ सञ्चालन गर्ने मूल्यको विषयमा आफूखुसी लिने भएको बताइएको छ । 

यसअघि, प्याराग्लाइडिङ गर्दा प्रति व्यक्तिको १२ हजारसम्म शुल्क लाग्ने गरेको थियो भने त्यो मूल्य केही समयअघि प्याराग्लाइडिङलाई प्रवद्र्धन गर्न विशेष छुटमा ३ हजारसम्ममा उडान भएको थियो । पोखरामा करिब ५५ कम्पनीहरू रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button