तपाईँ सुन्दै हुनुहुन्छः

जातजातिबिच विभेद गर्नु हुन्न : मन्त्री गुरुङ

स्याङ्जा । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले जातजातिबिच विभेद तथा फाटो ल्याउन नहुने बताउनुभएको छ ।

शुक्रबार तमु ह्यालाँ छोँज धी गुरुङ राष्ट्रिय परिषद् स्याङ्जाको आयोजना र तमु समाज सेवा स मिति वालिङको समन्वयमा वालिङमा आयोजित ल्होसार पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले जनताको जीवनस्तर माथि उकास्न रगत र पसिनाको बलिदान भएको स्मरण गर्नुभयो ।

हरेक जातिविषेश पर्वलाई सम्बोधन गर्ने पछिल्लो परिपाटीले देश चलाउन नसकिने भन्दै सबै जातजातिलाई समन्वय गरेर देशलाई नेतृत्व गर्न सकिने मन्त्री गुरुङले बताउनुभयो ।

त्यस अवसरमा गुरुङ समुदायले आफ्नो भेषभुषा र झाँकी सहित पैदल यात्रा समेत गरेका थिए । पञ्चेबाजा सहितको पैदल र्‍यालीले वालिङ बजार परिक्रमा गरेको थियो ।

पुस १५ गते शुभ भोजसहित पुरस्कार वितरण तथा सम्मान कार्यक्रम गरिने समाजले जनाएको छ । पुस पन्ध्रको दि साँझ रोधी सहित पुस १६ गते ल्होसारको समापन हुने समाजले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button