जनसेवा क्रियाशील केसी
विदुरप्रसाद अधिकारी काठमाडौँ । स्थानीय तहका प्रतिनिधिले चाहेमा के गर्न सकिँदैन भन्ने उदाहरण ललितपुर महालक्ष्मी नगरपालिका वडा ५ का अध्यक्ष कपिल के.सी.ले दिएका छन् । निर्वाचनका समयमा वडा नं.५ भित्रका सडक स्तर उन्नति, सफा पिउने पानीको व्यवस्थापन, सबै स्थानमा ढल निकास, विद्यालय भवन र क्रियापुत्री भवन निर्माण गर्ने सक्रिय रहने बचन दिएका थिए ।
वडामा निर्वाचित भएर आएको केही महिना भित्रै आफ्नै निजी लगानीमा लगभग एक करोड भन्दा बढी लगानी गरेर भगवती मन्दिर स्थान देखि खरिवोट हुँदै गोदावरी पुल सम्म सडकको स्तर उन्नति गरी चर्चामा आएका के.सी.ले आफूले लगानी गरेको एक वर्षमा महालक्ष्मी नगरपालिकाबाट केही रकम शोधभर्ना लिएका थिए ।
सेती नाग टोल बिकास मार्गको बाटो विवाद मिलाएर बिकास प्रेमी सामाजिक व्यक्तित्वका रुपमा देखापरेका अध्यक्ष के.सी.ले हाल भगवती मन्दिर देखि मोती चोक सम्म २६ फुटको सडक स्तर उन्नति गरी कालोपत्रे गर्ने कार्य सम्पन्न गरेका छन् । समाजसेवी लोकेन्द्र साउँदको सहयोगमा सडकमा झोलिएर रहेका बिजुली र नेटका तारहरूको व्यवस्थापन र पुराना बाँङगाटिङगा बिजुलीका पोलहरू हटाउँदै नयाँ पोलहरू उच्च बनाउँदै सडक बत्ती बाल्ने र सुन्दर हराभरा सहर बनाउने कार्यमा लागिपरेका देखिन्छन् ।
केही दिन अगाडी सम्म टिकाथली माथिल्लो टोलमा मात्र सक्रिय रहने, तल्लो टोलमा केही नगरेर बनिरहेको सडकलाई ठूलो बनाउने निहुँमा बनेको बाटो भत्काएर धुलो दुर्गन्ध पारेको भन्दै अध्यक्ष के.सी.लाई गाली गर्नेहरू आज खुसीले गद्गद् भएका छन् ।
टिकाथलीका सक्रिय बिकास प्रेमी एवम् गोदावरी खोला सरसफाइका संयोजक मोहन के.सी, राधाकृष्ण खानेपानीका अध्यक्ष सुमन के.सी.लगायतका बुद्धिजीवीहरूले पूर्ण साथ दिएका छन् ।
महालक्ष्मी नगरपालिकाले थोरै बजेट छुट्ट्याएको ठाउँमा अध्यक्ष के.सी.ले सङ्घीय र प्रदेश स्तरीय आयोजनाहरूबाट करोडौँको बजेट निकासा गराई वडा.५ भित्रका सडकहरूको स्तर उन्नति गरी ढल पाइप बिछ्याई, टोल टोलका सडकहरूमा ब्लक बिछ्याउने, ढलान गर्ने कार्य समेत सम्पन्न लगभग गरिसकेका छन् ।







प्रतिक्रिया राख्नुहोस्