निकासका लागि वार्ता र संवाद गर्नुपर्नेमा अध्यक्ष ओलीको जोड
पाँचथर । नेपाल कम्युनिष्ट पार्टी ( एमाले) का अध्यक्ष केपी ओलीले देशको विकास गर्न एमालेको विकल्प नरहेको बताउनुभएको छ ।

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भञ्ज्याङसम्म भइरहेको ‘समृद्धिका लागि सङ्कल्प अभियान’ को क्रममा शनिबार पाँचथरको फिदिममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशको समृद्धिका लागि मिसन ८४ मा एमालेले बहुमत ल्याउन जरुरी रहेको बताउनुभयो ।

पार्टीहरूबिच मतभेद भए पनि निकासका लागि वार्ता र संवाद गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । देशको अर्थतन्त्र बढाउन चीनसँग जोडिएका नाका खोल्नुपर्ने ओलीले बताउनुभयो ।
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भञ्ज्याङसम्म जनताका दुःख, विकास निर्माणका कार्य, जनतामा हराउँदै गएको विश्वास माथि उठाउन यात्रा गरिएको अध्यक्ष ओलीको भनाई छ ।
सङ्कल्प यात्राको पौष १ गते चिवा भञ्ज्याङमा कार्यक्रम गरी समापन हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्