तपाईँ सुन्दै हुनुहुन्छः

‘अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्नुपर्छ’

स्याङ्जा । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा आयोजित अध्यक्ष कप कालीगण्डकी खेलकुद महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल एसियन प्रतियोगिताहरूमा सहभागिता जनाइसकेको भन्दै युरोपियन प्रतियोगिताहरूमा समेत नेपालले प्रतिस्पर्धा गर्न सक्नुपर्ने बताउनुभयो ।

file photo

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान तथा गरिमालाई उच्च राख्नका लागी खेल तथा खेलाडीको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । व्यावसायिक रुपमा खेलाडीहरूको क्षमता विकासका लागि स्थानीय तह, प्रदेश तथा सङ्घले उत्तिकै योगदान गर्नुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाई छ ।

कालीगण्डकी ७ मिर्मी स्थित खेलमैदानमा सञ्चालन हुने खेलकुद महोत्सवमा सात वटा विधामा एक्काइस खेल खेलाइने कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले बताउनुभयो ।

यस वर्षको खेलकुद महोत्सवमा बुद्धिचालको विधा थप गरिएको थापाको भनाई छ । महिला तथा पुरुषतर्फ भलिबल, फुटबल, एथलेटिक्स, ब्याडमिन्टन, बुद्धिचाल र टेबल टेनिस गरी ६ विधामा खेलाइने र पुरुषतर्फ क्रिकेट गरी जम्मा सात विधा गरी एक्काइस खेल समावेश हुने छन् ।

पौष १ गतेसम्म सञ्चालन हुने खेलमा ६५१ जना सहभागी हुने छन् । खेलमा २१ स्वर्ण, २१ कास्य र २१ रजत पदक रहने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button