उत्तरी म्यानमारमा सैनिक र सशस्त्र समूह बीच अस्थायी युद्धविराम
बेइजिङ। बेइजिङले बिहीबार चीनको सीमा नजिकै म्यानमारको सैनिक र जातीय सशस्त्र समूहहरू बीचको लडाइमा अस्थायी युद्धविरामको मध्यस्थता गरेको बताएको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले विज्ञप्ति जारी गर्दै- “अस्थायी युद्धविराम र वार्ताको गतिलाई कायम राख्ने लगायतका अन्य थुप्रै सम्झौताहरू भएको” जनाएका छन् ।
म्यानमारको सेना र समूहहरू बीच चीनको सहयोगमा हालै भएको वार्ताको परिणाम स्वरूप यस किसमको घटनाक्रमको विकास भएको हो।रासस-एएफपी








प्रतिक्रिया राख्नुहोस्