धनकुटामा एमाले अध्यक्ष ओलीमाथि आक्रमण प्रयास

धनकुटा । मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा रहनुभएका नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि धनकुटामा आक्रमणको प्रयास भएको छ ।
धनकुटा प्रवेश गर्ने बित्तिकै स्वागतकै क्रममा अध्यक्ष ओलीमाथि दुर्व्यवहार भएको हो । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ५ लेगुवाका स्थानीय महेश राईले स्वागतको क्रममा अध्यक्ष ओलीमाथि दुर्व्यवहार गरेका हुन् ।
उनलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएको धनकुटाका प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनले जानकारी दिनुभयो । दुर्व्यवहारको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्