खाद्यान्नबाट १ सय २१ फिटको राम र सीताको आकृति बन्दै

जनकपुरधाम । श्रीसीताराम विवाहपञ्चमी महामहोत्सवको अवसर पारेर जनकपुरधामको बाह्र विघा रङ्गभूमि मैदानमा विश्वका सबैभन्दा ठूलो खाद्यान्नबाट भगवान् राम, सीताको स्वयंम्बरको आकृति बनाउने काम भइरहेको छ ।
भगवान् राम सितासँगै राजर्षि जनक तथा विश्वामित्रको पनि आकृति निर्माण गरिने भएको छ । सबै चित्र ११ हजार ११ स्क्वायरफिटको रहने भएको छ ।
खाद्यान्नबाट बनाउन थालेको आकृतिको उचार्ई १ सय २१ फिट र चौडाई ९१ फिटको रहने भएको श्रीसीताराम अनाज प्रतिमा निर्माण समितिका संयोजक एवं जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिनु भएको छ ।
आकृतिको निर्माणमा ११ प्रकारको खाद्यान्न गरेर १ सय २ क्विन्टल लाग्ने संयोजक महासेठले बताउनु भयो । यसमा चालन, गहुँ, भटमास, चना, मुम्फली, मुंग, रहरको दाल, मक्कै, रहरको दाल, मसुरोको दाल र काला उरिद प्रयोग गरिने भएको छ ।

विश्वमा जनकपुरधामको पर्यटन प्रवद्र्धन गर्नका लागि अन्नको आकृति सहितको चित्र बनाएर गिनिज बुक तथा हवर्डमा रेकर्ड गर्नका लागि प्रयास भइरहेको संयोजक महासेठले जानकारी दिनु भयो । विश्व रेकर्ड कायम गर्ने उद्देश्यले भगवान् राम र सीता सहितको आकृति बनाउने कार्यका लागि भारतका सतिस गुज्जरको नेतृत्वमा ८ जना कलाकार आएका छन् ।
जनकपुरधामको वडा नंं ४ का गुनगुन मिश्रको परिकल्पनामा भइरहेको आकृति निर्माणको सम्पूर्ण कार्य भोली बिहान १० बजेसम्म पुरा हुने भएको छ । आकृति निर्माणमा २१ लख खर्च हुने भएको छ । यसमा लाग्ने खर्च जनकपुरधाम उद्योग वाणिज्य संघ तथा जनकपुरधाम उपमहानगरपालिकाले बेहोर्ने भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्