तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घीयताको पूर्ण कार्यान्वयन दलीय सहमतिमा हुँदै जान्छ : सभापति देउवा

जनकपुरधाम । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले सङ्घीयताको पूर्ण कार्यान्वयन सर्वदलीय सहमतिको आधारमा हुँदै जाने बताउनुभएको छ ।

नेपाली काँग्रेस क्षेत्र नंं २ का पूर्व सभापति स्वर्गीय राजकिशोर सिंहको अर्ध कदको शालिक धनुषा जिल्लको औरही गाउँपालिका–२ मा अनावरण गर्दै सभापति देउवाले जनताको ठूलो बलिदानबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने दायित्व काँग्रेसको भएको बताउँदै सङ्घीयता कार्यान्वयनमा देखिएका जटिलताहरूको समाधान पार्टीले गर्दै जाने बताउनुभयो ।

सभापति देउवाले नेपाली काँग्रेसको सङ्गठन सुदृढीकरण तथा जनसेवाको क्षेत्रमा स्वर्गीय राजकिशोर सिंहको योगदानलाई पार्टीले चिरकालसम्म स्मरण गरिरहने बताउनुभयो ।

पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले सङ्घीयतालाई बलियो बनाउन प्रहरी तथा निजामती कर्मचारी प्रदेश सरकार मातहत आउन आवश्यक भएको बताउँदै प्रहरी र कर्मचारी विनाको प्रदेश सरकारको कुनै अर्थ नहुने बताउनुभयो ।

नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले सङ्घीयता र लोकतन्त्रका लागि अगुवाइ गरेको काँग्रेसले सङ्घीयतामाथि हुने कुनै प्रकारको षड्यन्त्र सहन नसक्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button