नेपालगन्ज नाकाबाट चार महिनामा १७ करोड बढीको जिरा आयात

बाँके । नेपालगन्ज नाकाबाट चालू आर्थिक वर्षको कात्तिकसम्म १७ करोड ३० लाख २५ हजार मूल्यको जिरा भित्रिएको छ । गत आवमा सोही अवधिमा १० करोड ७५ लाख पाँच हजार मूल्यको जिरा आयात भएको थियो ।
नेपालगन्ज भन्सार कार्यालयका अनुसार, साउन महिनामा दुई करोड ७१ लाख तीन हजार रुपैयाँको जिरा आयात भएको छ । भाद्रमा चार करोड ११ लाख २७ हजार, असोजमा चार करोड ८५ लाख ७४ हजार र कात्तिकमा पाँच करोड ६० लाख २१ हजार मूल्यको जिरा भित्रिएको छ ।
गत आवको साउनमा ५३ लाख ६२ हजार रुपैयाँको जिरा आयात हुँदा भाद्रमा एक करोड ७९ लाख १३ हजार, असोजमा चार करोड २१ लाख १५ हजार र कात्तिकमा पनि चार करोड २१ लख १५ हजारको जिरा आयात भएको नेपालगन्ज भन्सार कार्यालयले जानकारी दिएको छ।







प्रतिक्रिया राख्नुहोस्