तपाईँ सुन्दै हुनुहुन्छः

भेरी अस्पताल नेपालगन्जमा थपियो अर्को विशेषज्ञ सेवा

बाँके । भेरी अस्पताल नेपालगन्जले एकपछि अर्को विशेषज्ञ सेवा थप्दै गएको छ । अस्पतालले गत कात्तिक २१ गतेदेखी एमसिएच इन सर्जिकल ग्यास्ट्रोलोजी सेवा सुरु गरेको हो । विशेषज्ञ डा। कृष्णमोहन अधिकारीले बिरामीको जाँच गरिरहनुभएको छ। अस्पतालमा सार्वजनिक बिदाको दिन बाहेक हरेक हप्ताको आइतबार, मङ्गलवार र बिहीबार कोठा नम्बर ३२ बाट ओपिडी सेवा सुरु भएको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा। दिनेशकुमार चौधरीले जानकारी दिनुभयो।

अस्पतालले एमसिएच इन सर्जिकल ग्यास्ट्रोलोजी सेवा सुरु गरेपछि गरिब तथा विपन्न वर्गका बिरामीलाई थप त मिलेको छ । यसअघि उक्त सेवा अस्पतालमा नहुँदा बिरामीले निजी अस्पतालमा गएर सेवा लिनु परेको । भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाहले ग्यास्ट्रो सर्जरी सम्बन्धी सेवा लिने बिरामीलाई सहज भएको बताउनुभयो।

भेरी अस्पतालले यो सेवा सुरु गरिसकेको छ, हप्ताको आइतबार, मङ्गलवार र बिहीबार कोठा नम्बर ३२ बाट ओपिडी सेवा दिएका छौँ, अस्पतालमा आउने बिरामीले यो सेवा पाउनु हुन्छ, अध्यक्ष शाहले भन्नुभयो। अस्पतालले निकट भविष्यमा अन्य विशेषज्ञ सेवा पनि सञ्चालन गर्ने तयारी गरेको उहाँले बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button