तपाईँ सुन्दै हुनुहुन्छः

चितवन राष्ट्रिय निकुञ्जमा  नौ वर्षमा २०४ वटा गैँडाको मृत्यु 

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा ९ वर्षको अवधिमा २०४ वटा गैँडा मरेका छन् । 

आर्थिक वर्ष २०७२ देखि चालु आर्थिक वर्ष २०८०/०८१ को हालसम्म २०४ गैँडाको मृत्यु भएको हो  । निकुञ्जका अनुसार आर्थिक वर्ष २०७२/७३ प्राकृतिक कारणले १४ गैँडाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७३/०७४मा २५ वटा गैँडा ,२०७४/०७५ मा २६वटा  गैँडा त्यस्तै आर्थिक वर्ष २०७५/०७६ मा ४३ गैँडाको  मृत्यु भएको छ । आर्थिक वर्ष २०७६/०७७ मा जिल्लाका २६ गैँडाको मृत्यु भएको छ ।

आव २०७७/०७८ मा ३३ गैँडाको मृत्यु, त्यस्तै आर्थिक वर्ष २०७८/०८९ मा ३७ गैँडा मरेका छन् ।

पछिल्ला तीन आर्थिक वर्षमा क्रमिक रुपमा गौँडा मृत्यु दर बढेको भए पनि पछिल्लो आर्थिक वर्षमा भने यस तथ्याङ्कमा केही कमी आएको छ । गत आर्थिक वर्ष २०८९/०८० मा २२ गैँडा मरेका छन् ।

यस्तै चालु आर्थिक वर्ष २०८०/०८१ आठ गैँडा मरेका छन् । यसमध्ये एकसाता अघिमात्र चोरी शिकारीबाट २ वटा गैँडा मरेका छन् । कुल मृत्यु भएका गैँडा मध्ये भाले १०२, पोथी ८० र पहिचान नखुलेको ४७ गरी २०४ गैँडाको मृत्यु भएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button