पूर्व प्रधानमन्त्री ओलीले बिहीबार डडेल्धुराको आमसभालाई सम्बोधन गर्ने
डडेल्धुरा । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार डडेल्धुराको बसपार्कमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको नेकपा एमाले डडेल्धुराका अध्यक्ष गजेन्द्रबहादुर शाहीले बताउनु भयो ।
नेकपा एमालेले बिहीबार बैतडीको झुलाघाट–चिवा भन्ज्याङ पद यात्राको शुभारम्भ गरेको थियो । त्यसकै निरन्तरता स्वरूप डडेल्धुरामा पनि कार्यक्रम आयोजना गरिएको एमाले डडेल्धुराले जनाएको छ ।
बिहान ११ बजे सदरमुकाम स्थित बागबजारमा अध्यक्ष ओलीले आमसभालाई सम्बोधन गर्नु हुने छ । भने त्यसपछि गन्यापधुरा गाउँपालिका वडा नं ३ सकायलमा स्वागत गर्ने कार्यक्रम तय भएको अध्यक्ष शाहीले बताउनु भयो ।







प्रतिक्रिया राख्नुहोस्