केपी ओली कप : एपिएफ सेमिफाइनलमा
कास्की । पोखरामा जारी केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट प्रतियोगितामा गण्डकी लुम्बिनीसँग पराजित हुँदा सशस्त्र प्रहरीको एपिएफ क्लब ले सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

गण्डकी र एपिएफका लागि उत्तिकै महत्वपूर्ण मानिएको आजको खेलमा गण्डकी पराजित हुँदै खेलबाट बाहिरिएको छ भने एपिएफले रन रेटका आधारमा सेमिफाइनलमा स्थान पक्का गरेको हो । गण्डकी विरुद्ध खेल जिते पनि लुम्बिनी अन्तिम चारबाट बाहिरिएको छ ।
पोखरामा आइतबार भएको खेलमा गण्डकी लुम्बिनीसँग ५ रनले हारेको हो । घरेलु मैदानमा १०४ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी १८.५ ओभरमा ९८ रनमा समेटिएको थियो ।
प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार नगदसहित मेडल र ट्रफि प्राप्त गर्ने मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिनुभयो । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट ब्याटर र बलरले जनही नगद २०र२० हजार तथा म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ पाउने छन् ।







प्रतिक्रिया राख्नुहोस्