तपाईँ सुन्दै हुनुहुन्छः

काला पत्थरबाट ‘स्काई डाइभ’ गरेर विश्व कीर्तिमान

काठमाडौँ । भारतकी व्यावसायिक ‘स्काई डाइभर’ शीतल महाजनले सगरमाथा क्षेत्रको काला पत्थरबाट ‘स्काई डाइभ’ गरेर विश्व कीर्तिमान कायम गर्नुभएको छ ।

काला पत्थरमा पाँच हजार तीन सय १७ मिटर उचाइबाट स्काई डाइभ गरेर महाजनले महिलातर्फ नयाँ रेकर्ड कायम गर्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता गराउनुभएको हो ।

यसअघि काला पत्थरमा महिला स्काइ डाइभरको पाँच हजार तीन सय ४२ मिटरको रेकर्ड कायम थियो । महाजनले उक्त रेकर्ड तोडेर विश्व कीर्तिमान कायम गर्नुभएको हो । न्यूजील्याण्ड र अमेरिकाका दुई स्काइ डाइभरको रेकर्ड थियो ।

एकचालिस वर्षीय महाजन भारतको पुनेकी स्काइ डाइभ र खेलकुद क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँले भारतको प्रसिद्ध पद्य श्री पुरस्कार प्राप्त गरिसक्नुभएको छ । ‘एभरेस्ट स्काई डाइभ’ कम्पनीमार्फत गएकी महाजनले ११ नोभेम्बरदेखि १३ सम्म सगरमाथा क्षेत्रबाट चार पटक ‘स्काई डाइभ’ गरेर कीर्तिमान कायम गर्नुभएको जनाइएको छ ।

महाजनको रेकर्ड गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता भएको छ । रेकर्ड प्रमाणित गर्न कागजात वर्ल्ड रेकर्डका प्रतिनिधिलाई काठमाडौँमा आयोजित एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ । यो याममा १० जनाले स्काइ डाइभ गरेको कम्पनीले जनाएको छ ।

मौसम पनि अनुकूल हुनुपर्ने भएकाले हरेक वर्ष १० देखि १२ जनासम्मले नेपालमा स्काइ डाइभ गर्ने गरेको अध्यक्ष पाण्डेले बताउनुभयो । स्काइ डाइभको माध्यमबाट नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने उहाँले उल्लेख गर्नुभयो ।

नेपालमा सन् २००८ मा एभरेष्ट स्काई डाइभ सुरु भएको हो । यसले धेरै विश्व रेकर्ड कायम भएको छ । कोभिडको वर्ष सन् २०२० बाहेक हरेक वर्ष स्काइ डाइभ हुँदै आएको छ । सन् २००९ मा हाईएस्ट ‘स्काई डाइभ’ काला पत्थरमा भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button