रेडियो नेपालको प्रसारण शुभारम्भमा नेपाल संवत् उल्लेख गरिएकोप्रति आभार प्रकट
काठमाडाैँ । रेडियो नेपालले २०७९ साल फागुन १५ गते अर्थात् नेपाल संवत् ११४३, चिल्लाथ्व, अष्टमी देखि आफ्नो प्रसारण शुभारम्भमा धुनसहित प्रसारण गर्दै आइरहेकोमा नेपाल संवतको अवसरमा आज आयोजित समारोहमा रेडियो नेपालप्रति आभार प्रकट गरिएको छ ।
नेपाल संवतको अवसरमा आज काठमाडौँको वसन्तपुरमा आयोजित विशेष समारोहमा नेपाल संवत् न्हुदँया राष्ट्रिय समारोह समितिका अध्यक्ष प्राध्यापक डा. नरेश मान बज्राचार्यले गत वर्षदेखि आफ्नो प्रसारण शुभारम्भमा नेपाल संवत् र तिथि सहित उद्घोष गरिरहेकोमा रेडियो नेपालको योगदान प्रति धन्यवाद व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्