जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
काठमाडौँ । ललितपुर महानगरपालिका–१४ नक्खिपोटस्थित युनसान रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सात महिला र तीन पुरुष पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनीहरूबाट रु एक लाख तीन हजार चार सय २० पनि बरामद गरिएको छ ।
यसैगरी, कालीकोट, खाँडाचक्र नगरपालिका–३ ताडी बजार बस्ने ३९ वर्षीय जगप्रसाद पाण्डेको घरमा जुवातास खेलिरहेको अवस्थामा पाण्डे समेत ६ जनालाई पक्राउ गरिएको छ । उनीहरूबाट रु ३४ हजार एक सय ४० बरामद गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
समाचार कक्षका अनुसार चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट विभिन्न किसिमका पटाका बरामद गरिएको छ ।
नेपालगञ्ज र बुटवलबाट काठमाडौँ आएका बसमा निरीक्षण गर्दा विभिन्न प्रकारका पटाका बरामद गरिएको हो ।







प्रतिक्रिया राख्नुहोस्