तपाईँ सुन्दै हुनुहुन्छः

अन्तरपालिका मधुवन मेयर कप फुटबलको उपाधि बाँसगढीलाई

बाँके । बर्दियाको मधुवन नगरपालिकाद्वारा आयोजित बर्दिया अन्तरपालिका स्तरीय मेयर कपको उपाधि बाँसगढी नगरपालिकाले जितेको छ । आयोजक टिम मधुवन नगरपालिकालाई पेनाल्टी सुट आउटमा ३–२ गोल अन्तरले पराजित गर्दै बाँसगढीले उपाधि जितेको हो ।

अन्तरपालिका स्तरीय पुरुष फुटबल प्रतियोगितामा जिल्लाका ८ वटा पालिका सहभागी रहेको आयोजकले जनाएको छ । विजेता बाँसगढीले १ लाख ११ हजार १ सय रुपैयाँ ट्रफी, मेडल तथा प्रमाण पत्र प्राप्त गर्‍यो ।

उपविजेता टिमलाई ५५ हजार ५ सय ५५ रुपैयाँ ट्रफी, प्रमाण पत्र एवम् मेडल प्रदान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button