पाँचथरमा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको गोल्डकप हुने

पाँचथर । पाँचथरको फिदिममा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको ‘प्रथम वाइवाइ अन्तर्राष्ट्रिय किराँत गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ ।
पाँचथर फुटबल क्लबको आयोजनामा आगामी मङ्सिर १५ देखी २३ सम्म हुने प्रतियोगिताको विजेताले नगद ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ र उप विजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
मुख्य प्रायोजक वाइवाइ रहेको प्रतियोगितामा ए डिभिजनका २ वटा क्लब सहित ८ टिम सहभागी हुनेछन् । जिल्लाको खेलकुदको गतिविधिलाई चलायमान बनाउन, आर्थिक गतिविधि बढाउन, पर्यटन प्रवर्धन गर्न तथा सांस्कृतिक पहिचान बढाउन फुटबल प्रतियोगिताको आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष अनुराग केप्छाकी मगरले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्