तपाईँ सुन्दै हुनुहुन्छः

भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क बत्ती

रुकुम । नेपाल विद्युत् प्राधिकरणले रुकुम पश्चिमका भूकम्पपीडितका त्रिपाल र टहरामा निःशुल्क बत्ती जडान गरेको छ ।

भूकम्पबाट बढी प्रभावित भएको आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा निःशुल्क बत्ती जडान गरिएको हो ।

भूकम्पपीडित बसिरहेका सबै त्रिपालमा एक सय १५ स्थानमा बत्ती जडान गरिएको प्राधिकरण रुकुम पश्चिमका प्रमुख शिवजी साहले जानकारी दिनुभयो । आवश्यकताअनुसार थप ठाउँमा पनि बत्ती जडान हुने उहाँले बताउनुभयो ।

आठबीसकोटका वडा नं ११, १२, १३ र १४ तथा सानीभेरी गाउँपालिकाका वडा नं १ र ४ मा निःशुल्क बत्ती जडान गरिएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button