खाडी मुलुकमा काम गरेर फर्किएका ६ प्रतिशत नेपालीमा मिर्गौलाको समस्या
जनकपुरधाम । खाडी मूलकहरूमा काम गरेर फर्केका मधेश प्रदेशका ४ सय कामदारहरूको निःशुल्क मिर्गौला परीक्षण गरिएको छ ।
अत्यधिक तापक्रममा काम गर्दा मृगौलामा भएको असरको विषयमा नेपालमा नै पहिलो अनुसन्धानका लागि उक्त परीक्षण गरिएको हो ।

मधेश प्रदेशको प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम तथा यूकेको वर्न माउथ विश्व विद्यालयको सहकार्यमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका र लक्ष्मीनिया गाउँपालिकाबाट खाडी मुलुकसहित अत्यधिक तातो हुने देशमा काम गरेर फर्केका ४ सय कामदारको मृगौला परीक्षण गर्दा ६ प्रतिशतमा विभिन्न प्रकारको समस्या भएको पाइयो ।
खाडी मुलुकहरूमा काम गर्ने श्रमिकहरूमा देखिएको मृगौला सम्बन्धी समस्या सहितका अन्य विषयमा परीक्षण प्रतिवेदन सहित संघ तथा प्रदेश सरकारको ध्यानाकर्षण गराइएको जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका प्रमुख, निर्देशक डा. श्रवण कुमार मिश्रले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्