रेशम चौधरीविरुद्धको मुद्दाको सुनुवाई स्थगित

काठमाडौँ । सर्वोच्च अदालत विचाराधिन रेशम चौधरीविरुद्धको सुनुवाइ स्थगित भएको छ ।
सुनुवाइका लागि आज पेशी तोकिएको भएपनि रेशम चौधरीविरुद्धको मुद्दा गोला तान्दा नपरेपछि मुद्दाको सुनुवाई स्थगित भएको हो ।
टीकापुर घटनामा दोषी ठहर भई डिल्लीबजार कारागारमा रहेका चौधरी राष्ट्रपतिबाट कैद मिनाहा भई गत जेठ १५ गते थुनामुक्त हुनुभएको थियो ।
चौधरीको कैद मिनाहाविरुद्ध टीकापुर घटनामा मृत्यु भएका तत्कालीन वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) लक्ष्मण न्यौपानेको परिवारले सर्वोच्चमा रिट दायर गरेको थियो ।
चौधरीविरुद्धको रिटमा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले जेठ २३ गते सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्दै उक्त मुद्दामा अदालतले अग्राधिकार दिएको थियो ।
२०७२ भदौमा टीकापुरमा २ वर्षीय बालक र वरिष्ठ प्रहरी उपरिक्षक लक्ष्मण न्यौपानेसहित ७ जना प्रहरी मारिएको घटनामा सर्वोच्च अदालतले ०७५ फागुनमा चौधरीलाई दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद फैसला सुनाएको थियो ।
प्रतिक्रिया राख्नुहोस्