भेरीमा उपचाररत भूकम्पका घाइते र कुरुवालाई अञ्जनी माता रसोईद्वारा निःशुल्क खाना

नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत भूकम्पका घाइते र कुरुवालाई अञ्जनी माता रसोईले निःशुल्क खाना खुवाएको छ । अस्पताल परिसरभित्रै रहेको अञ्जनी माता रसोईले शनिबार साँझदेखि उनीहरुलाई निःशुल्क खाना खुवाएको हो ।
अञ्जनी माताले भेरीमा उपचाररत ३७ जना भूकम्पका घाइते र तिनका कुरुवालाई निःशुल्क खाना खुवाइरहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । अञ्जनी माता रसोईले कोरानाकालदेखि बिरामी र तिनका कुरुवालाई सुपथ मूल्यमा खाना खुवाउँदै आएको छ । ४० रुपैयाँमा पेटभरी एक छाक खाना खुवाउँदै आएको अञ्जनी माता रसोईले भूकम्प प्रभावित घाइतेका लागि भने निःशुल्क खाना खुवाउने व्यवस्था मिलाएको हो ।
यस्तै घाइते र तिनका कुरुवालाई विभिन्न सङ्घसंस्था र व्यक्तिहरूले खाजा र नास्ताको पनि प्रबन्ध गरिदिएका छन् । भेरीलाई भूकम्प प्रभावित घाइतेको उपचारका लागि सरकारले “डेडिकेटेड अस्पताल” तोकेको छ ।








प्रतिक्रिया राख्नुहोस्