तपाईँ सुन्दै हुनुहुन्छः

विपद् व्यवस्थापन समिति बैठक : राहत पुनर्स्थापनामा लाग्न प्रधानमन्त्रीको निर्देशन

प्रति मृतक २ लाख दिने सरकारको निर्णय

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावितलाई एकद्धार प्रणालीबाट राहत वितरण गर्न, घाइतेहरूको निःशुल्क उपचार गर्न र उद्धारलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रधानमन्त्री कार्यालयमा आज बसेको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले भूकम्पको जोखिम अझै कायम रहेकाले भूकम्प प्रभावितको पुनर्स्थापना र थप राहतका लागि केही दिन गृहकार्य गरी नयाँ विधि बनाएरै काम अघि बढाइने जानकारी दिनुभयो । 

यसैबीच आज बसेको मन्त्रीपरिषद् बैठकले भूकम्पबाट मृत्यु भएकाहरूलाई प्रतिमृतक २ लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको छ । 

मन्त्रीपरिषद् बैठकले भूकम्प प्रभावितको निःशुल्क उपचार गर्ने र प्रभावितका लागि विदेशी सहयोग स्वीकार गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता तथा स१चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button