मुख्यमन्त्री कोहलपुर गोल्डकप : आज एभिनियर र दुधौली स्पोर्टबीच प्रतिस्पर्धा

बाँके । बाँकेको कोहलपुरमा सुरु भएको मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता अन्तर्गत आज आइतबार
एभिनियर एफ. सी. (क्यामरुन) र दुधौली स्पोर्ट क्लब भिड्ने भएका छन् ।
कोहलपुर रेसिङ सहारा क्लबले आयोजना गरेको उक्त प्रतियोगिताकाे खेल दिउँसो ठिक ३ बजेबाट सुरु हुने आयोजक संस्थाका अध्यक्ष चक्र चिमाल क्षेत्रीले जानकारी दिनुभएको छ । कोहलपुर नगरपालिका वडा नम्बर २ स्थित तेह्र विघा मैदानमा उक्त प्रतियोगिताको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बुधबार खेल उद्घाटन गर्नुभएको थियो।
‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नारासहित सञ्चालन भएको प्रतियोगिता यही कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विदेशी, विभागीय क्लबसहित ८ वटा क्लब सहभागी छन्। प्रतियोगिताका विजेतालाई ८ लाख र उपविजेतालाई ४ लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक रामबहादुर मल्लले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्