तपाईँ सुन्दै हुनुहुन्छः

भूकम्पका घाइतेको केएमसीले निःशुल्क उपचार गर्ने

काठमाडौँ I जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी घाइते भएकाहरूलाई काठमाडौँ मेडिकल कलेज (केएमसी) ले निःशुल्क उपचार गर्ने जनाएको छ । 

मेडिकल कलेजका कार्यकारी अध्यक्ष सोइना शर्माले आज एक विज्ञप्ति जारी गरी भूकम्पमा परी घाइते भएकाहरूलाई केएमसीले निःशुल्क उपचार गर्ने जानकारी दिनुभयो । 

स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी पठाउनसमेत केएमसी तयार रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

अस्पतालका सल्लाहकारसमेत रहनुभएका मोरङ जिल्ला क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा सुनिल शर्माको सक्रियतामा केएमसीले घाइतेहरूको निःशुल्क उपचार गर्न लागेको अध्यक्ष शर्माले विज्ञप्तिमार्फत जानकारी दिनुभयो ।  

केएमसीले भूकम्पका कारण ठुलो जनधनको क्षति भएकामा अत्यन्त मर्माहत रहेको जनाउँदै ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र उपचार तथा स्वास्थ्य लाभको कामना गरेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button