नेपालमा भूकम्पले पुर्याएको क्षतिप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त
‘सबै सम्भव सहयोग गर्न भारत तयार

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भूकम्पले पुर्याएको क्षतिप्रति दु:ख व्यक्त गर्दै आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री मोदीले नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुस्ख व्यक्त गर्नुभएको छ । उहाँले दुखको यस घडीमा भारत नेपाली जनताको साथमा रहेको उल्लेख गर्दै सम्भव भएका सबै सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।

गएराती जाजरकोटमा आएको ६.४ रेक्टर स्केलको भूकम्पले अहिलेसम्म १२९ जनाको ज्यान लिएको पुष्टि भएको छ भने १४० भन्दा बढी घाइते भएका छन् ।







प्रतिक्रिया राख्नुहोस्