खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजबाट कञ्चनपुरमा धान खरिद सुरु

कञ्चनपुर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आज बाट कञ्चनपुरमा धान खरिद सुरु गरेको छ। एक सूचना जारी गर्दै धानको मूल्य तोकेर धान खरिद गर्न लागेको हो ।
आर्थिक वर्ष २०८०/८१ का लागि भोली १५ गतेदेखि प्रति क्विन्टल ३ हजार १ सय अन्ठानब्बेका दरले धान खरिद गर्न लागेको हो । बिहान १० बजेदेखि दिउसो २ बजेसम्म धान तौलिने सूचनामा उल्लेख गरेको छ ।
३० क्विन्टल अधिकतम खरिद परिमाण राखेको कम्पनीले किरा सङ्क्रमण नभएको, नभिजेको र नकुहिएको धान महेन्द्रनगरस्थित कार्यालयमा खरिद गर्ने जनाएको छ ।
कम्पनीले विगतमा पनि किसानका धान खरिद गर्दै आएको छ ।







प्रतिक्रिया राख्नुहोस्