तपाईँ सुन्दै हुनुहुन्छः

आँपको रुखमा झुन्डिएको अवस्थामा एक युवकको शव फेला

साङ्केतिक तस्बिर

सप्तरी । सप्तरीमा आँपको रुखमा झुन्डिएको अवस्थामा आज बिहान एक युवकको शव फेला परेको छ । जिल्लाको रुपनी गाउँपालिका ६ तेरहौताको एक बगैँचामा आँपको रुखमा झुन्डिएको अवस्थामा युवकको शव फेला परेको हो ।

रुपनी गाउँपालिका ६ तेरहौताका उत्तिमलाल साहको ३५ वर्षीय छोरा सन्तोष साह आँपको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्  ।

घरदेखि ८ सय मिटर पश्चिम आँप बगैँचामा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा साहलाई मृत भेटिएको प्रहरीले जनाएको छ । 

आइतबार राती गाउँका अगुवाहरूबाट दुर्व्यवहारमा परेपछि परिवारसँगै सुतेको बेला कसैलाई थाहा नदिई घरबाट निस्किएका उनलाई खोजी गर्ने क्रममा झुन्डिएको अवस्थामा सोमबार बिहान मृत भेटिएको स्थानीयले बताएका छन् । साहको श्रीमतीसित केही समयदेखि सम्बन्ध बिग्रिएको स्थानीयको भनाइ छ । तनावमा आएर आत्महत्या रोजेको हुनसक्ने आशङ्का स्थानीयवासीको छ । 

स्थानीयका अनुसार स्व. साह ९ वर्ष वैदेशिक रोजगारीबाट ५ महिना अगाडि मात्र स्वदेश फर्किएका थिए । 

मृतक साहको शव परीक्षणका लागि राजविराज पठाइएको तथा घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button