तपाईँ सुन्दै हुनुहुन्छः

लि खछ्याङको निधनप्रति एमाले अध्यक्षद्वारा दुःख व्यक्त 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनका पूर्व प्रधानमन्त्री लि खछ्याङको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

अध्यक्ष ओलीले स्वर्गीय खछ्याङको परिवार र चिनियाँ जनताप्रति समवेदना व्यक्त गर्दै सन् २०१६ मा नेपालले व्यहोरेको चुनौतीपूर्ण अवस्थाका बेला चीन सरकार र स्वर्गीय खछ्याङको महत्वपूर्ण सहयोगको स्मरण पनि गर्नुभएको छ I

प्रतिक्रिया राख्नुहोस्

Back to top button