तपाईँ सुन्दै हुनुहुन्छः

साँफेबगर नगरपालिकाले क्रिकेटमा विश्व रेकर्ड कायम गर्ने दीपेन्द्रलाई ७५ हजार दिने

अछाम ।  अछामको साँफेबगर नगरपालिकाले क्रिकेट खेलमा विश्व कृतिमान राखेका क्रिकेटर दिपेन्द्र सिंह ऐरीलाई  ७५ हजार दिने भएको छ । 

चीनमा सम्पन्न एसियाली खेलकुद अन्तर्गत  विश्व कृतिमान राखेका क्रिकेटर दीपेन्द्रलाई एक कार्यक्रममा साँफेबगर नगरपालिका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले ७५ हजार दिने घोषणा गरेका छन् । खेलकुदबाट देशको नाम विश्वमा चिनाउने काम गरेको उनलाई नगद दिने घोषणा गरेको नगर प्रमुख कुँवरले बताउनु भयो ।

नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दिपेन्द्र सिंह ऐरीले असोज १० गते भएको नेपाल र मङ्गोलियाबीचको खेलमा ऐरीले नौ बलमा अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान कायम गरेका थिए । उनले नौ बल खेल्दा आठ छक्का र एक बलमा दुई रन लिँदै नौ बलमै अर्धशतक पूरा गरेर कीर्तिमान बनाएका हुन् । 

यसअघि उक्त कीर्तिमान भारतीय खेलाडी युवराज सिंहको नाममा अङ्कित थियो। भारतीय खेलाडी सिंहले १२ बलमा अर्धशतक बनाउँदै कीर्तिमान कायम गरेका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button