सत्तारुढ गठबन्धन टुट्दैन : अध्यक्ष नेपाल
सुर्खेत । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्तारुढ गठबन्धन टुट्ने र सरकार ढल्ने गलत हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको छ ।
आज सुर्खेतको वीरेन्द्रनगरमा ‘मेची–महाकाली जागरण अभियान’ कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनलाई तोड्ने अनेक षडयन्त्र गरिए पनि त्यो सफल नहुने दाबी गर्नुभयो ।

माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनेदेखि राजाको शासन ढाल्न ठूलो सङ्घर्ष गरिएको स्मरण गराउँदै अध्यक्ष नेपालले आम नागरिकलाई भ्रष्टाचार विरुद्ध सचेत र जागरूक बनाउन सञ्चालन गरिएको मेची–महाकाली जागरण अभियान प्रभावकारी रहेको जानकारी दिनुभयो ।
कार्यक्रमलाई नेकपा एकिकृत समाजवादीका महासचिव घनश्याम भुसाल, उपमहासचिव प्रकाश ज्वाला लगायतले सम्बोधन गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्