तपाईँ सुन्दै हुनुहुन्छः

गोरखा कालिका र मनकामना मन्दिरमा साइतमै जमरा राखिने

गोरखा । प्रसिद्ध शक्तिपिठ गोरखा कालिका र मनकामना मन्दिरमा ११ बजेर २९ मिनेट जाँदाको साइतमा जमरा राखिने भएको छ ।

गोरखा कालिका मन्दिरमा पाँच पाथी नौ माना जौको जमरा राखिने भएको हो । तल्लो कोट, उपल्लो कोट, जमरा कोठा, दशैँघरमा गरेर पाँच माथि नौ माना जौको जमरा उपयुक्त साइतमा राखिने गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि प्रसाद भुषालले जानकारी दिनुभयो ।

कन्याहरु मार्फत उपल्लोकोटबाट खनेर ल्याएको चोखो माटो कन्याको हातले सम्बन्धित ठाउँमा राखेर विधिपूर्वक पूजा गरी जमारा राखिने भुषालको भनाइ छ ।

मनकामना मन्दिरमा बिहानको नियमित पूजा पछि उपयुक्त साइतमा बक्रेश्वरीबाट ल्याइएको रातो माटोमा जौ र मकैको अलग अलग जमरा राखिने मनकामना मन्दिरका पुजारी इन्सानबाबु थापा मगरले बताउनुभयो ।

हरेक वर्ष साइत अनुसार नै जमरा राख्ने गरिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button