गण्डकीमा संसदीय समितिका सभापति निर्वाचन भोली

कास्की । गण्डकी प्रदेश सभा अन्तरगत गठित ४ वटा विषयगत समितिको सभापति निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ ।
असोज २० गते ९शनिबार० सभापतिको उम्मेदवारी प्रस्ताव दर्ता गर्ने र दर्ता भएका प्रस्तावको सूची प्रकाशित गर्ने कार्यतालिका तोकिएको छ । सभापतिका लागि दर्ता प्रस्तावहरू २१ गते आइतबार सम्बन्धित समितिमा निर्णयार्थ प्रस्तुत गरिनेछन् ।
प्रदेश सभा अन्तरगतका समितिको सभापतिको निर्वाचनका लागि प्रदेश सभा नियमावली, २०८० को नियम १६५ बमोजिम सभामुख कृष्ण प्रसाद धितालले २०८० असोज २१ गते दिउँसो १ बजेको समय निर्धारण गरेको प्रदेश सभा सचिवालयले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्