बाजुरामा भूकम्पका कारण ९ घरपरिवार विस्थापित सयौँ घर जोखिममा
बाजुरा । बाजुरामा मङ्गलवार गएको भूकम्पका कारण ९ घरपरिवार विस्थापित भएका छन् । भने १ सय २० भन्दा बढी घरहरू चर्केर जोखिममा परेका छन् । मङ्गलवार दिउँसो गएको भूकम्पका कारण बाजुरामा मानवीय क्षति नभए पनि भौतिक रुपमा भने ठुलो क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार भूकम्पका कारण खप्तड छेडेदह गाउँपालिका र बुढीगंगा नगरपालिकामा सबैभन्दा बढी क्षति भएको छ।

खप्तड छेडेदह गाउँपालिकामा ६ घर र बुढीगंगा नगरपालिकाका ३ घरहरूमा पूर्ण रुपमा क्षति पुगेको छ।भने बडीमालिका नगरपालिकाका २ घरमा आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानबहादुर भण्डारीले बताउनुभयो ।
प्रहरी निरीक्षक भण्डारीका अनुसार भूकम्पले जिल्लामा ३ जना घाइते भएका थिए । घाइतेहरूको उपचार भइरहेको र अवस्था सामान्य रहेको छ।
भूकम्प प्रभावित क्षेत्रमा प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल लगायत प्रहरीको टोली खटिएको छ।







प्रतिक्रिया राख्नुहोस्