तपाईँ सुन्दै हुनुहुन्छः

एमाले गण्डकी प्रदेशको अध्यक्षमा शर्मा र अधिकारीको उम्मेदवारी 

पाेखरा । नेकपा एमाले गण्डकी प्रदेशको अध्यक्षमा हालका अध्यक्ष नवराज शर्मा र एमाले केन्द्रिय सदस्य मायानाथ अधिकारीको उम्मेदवारी दर्ता भएको छ । 

१५ गते बाट शुरु भएको एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनले १ सय ६५ सदस्य नयाँ समिति चयन गर्दैछ । त्यस्तै उपाध्यक्ष एक पदका लागि स्याङ्जाका मिनप्रसाद गुरुङ र नवलपुरका बाबुराम विकको उम्मेदवारी परेको छ । 

सचिव पदको लागि लमजुङका धनञ्जय दवाडी र कास्कीका रश्मि आचार्यको उम्मेदवारी परेको छ । दवाडी हालका सचिव  हुन भने आचार्य हालका उपसचिव हुन । त्यस्तै उपसचिव दुई पदका लागि हालकी उपसचिव पर्वतकी मञ्जु अधिकारी,कास्कीका दाम बहादुर बिक,मिना गुरुङ र म्याग्दीका सन्तोष रावलको उम्मेदवारी परेको छ ।

एमाले गण्डकीमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको प्यानल बिच प्रतिस्पर्धा हुन लागेको चर्चा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button