तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुराको नवदुर्गा गाउँपालिकाले हटायो करारका ७५ जना कर्मचारी

डडेल्धुरा । डडेल्धुराको  नवदुर्गा गाउँपालिकाको कार्यपालिका बैठकले  करारका सबै कर्मचारी हटाउने निर्णय गरेको छ।  कार्यपालिकाको निर्णयले ७५ जनाकै करार अवधि थप नगर्ने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत रवि कुमार चौधरीले बताउनुभयो ।

वडाअध्यक्ष शेरसिंह साउँदले पालिकामा आन्तरिक आय न्युन भएकाले आर्थिक मन्दीका कारण करार अवधि थप नगरेको बताउनु भयो । साथै उहाँले मापदण्ड विपरीत कर्मचारी भर्ना गरिएकोले हटाउनु परेको समेत बताउनु भयो । 

वडा नं ४ का अध्यक्ष पदम बिष्टले करारका कर्मचारी हटाउँदा वडा कर्मचारी विहीन हुन पुगेको जानकारी दिनु भयो ।

पालिकाले भने  सङ्घीय र प्रदेश सरकारले बजेट कटौती गरेकोमा र पालिकाको आन्तरिक आय नभएकोले आवश्यक परेमा आवश्यकता अनुसार कर्मचारी भर्ना गर्न सकिने बताएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button