तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिममा ६.३ रेक्टर स्केलको भूकम्पको अर्को धक्का

बैतडी । सुदूरपश्चिममा मङ्गलवार फेरी भूकम्प गएको छ । मङ्गलवार दिउसो ३ बजेर ७ मिनेट जाँदा बझाङको सदरमुकाम चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्नेच्युटको भूकम्प गएको हो । 

कहिबेर अघि २ः४२ मा बझाङको तलकोट आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्प गएपछि सदरमुकाम मार्तडी बजारमा भागदौड र हल्ला मच्चिएको छ । 

सुदूरपश्चिम प्रदेशसँगै पश्चिम नेपालका केही जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको थियो । क्षतिको विवरण आउन बाकी छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button