लुम्बिनी प्रदेश सरकारद्वारा राउटेलाई दशै खर्च प्रदान

दाङ । लुम्बिनी प्रदेश सरकारले राउटेलाई दशै खर्च उपलब्ध गराएको छ । मङ्गलवार मन्त्रालयमा दशै खर्च माग माग्न पुगेका राउटेहरूलाई लुम्बिनी प्रदेशले दशै खर्च उपलब्ध गराइएको हो ।
लुम्बिनी प्रदेश अर्थमन्त्री धनबहादुर मास्कीले दशै खर्च बापत २५ हजार रुपैयाँ उपलब्ध गराउनु भएको हो । सुर्खेतबाट आएका राउटेका मुखिया बिर्खबहादुर शाही, लालबहादुर शाही र जीवन शाहीलाई मन्त्रालयमा उहाँहरू हस्तान्तरण गर्नु भएको हो । दशै खर्च पाएपछि राउटेहरू खुसी भएका थिए ।
उनीहरू प्रत्येक बर्ष तिज, दशै तथा तिहारमा सरकारसँग माग गर्ने गरेका छन् । केही देखी उनी दाङ तथा आसपासका सरकारी कार्यालयमा गएर दशै खर्च माग्दै आएका छन् । पैसा हस्तान्तरण गर्दै मन्त्री मास्कीले रकमलाई सही सदुपयोग गर्न अनुरोध गर्नु भएको थियो ।
रकम पाई सके पछि राउटेका मुखिया विर्ख बहादुर शाहिले रकम आफ्ना जनताहरूलाई बाँड्ने बताउनुभयो । मुखिया शाहिले भन्नुभयो अब हामी सबै पैसा हाम्रो जनतालाई वाडेर दशै मनाउँछौ पैसा दिएको का हामी खुशि छौ ।







प्रतिक्रिया राख्नुहोस्