तपाईँ सुन्दै हुनुहुन्छः

एमाले बागमती अधिवेशन बन्द सत्र जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको जारी बागमती प्रदेश कमिटीको अधिवेशनको बन्द सत्रमा प्रदेश अध्यक्ष केशव पाण्डेले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी छ । 

समूहगत छलफल गरी सुझावसहित बन्दसत्रले प्रतिवेदन पारित गरेपछि आजै  नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको अध्यक्ष मण्डलका अध्यक्ष गुरु बरालले जानकारी दिनुभयो ।  

बन्द सत्र सञ्चालन गर्नका लागि बागमती इन्चार्ज गुरु बरालको नेतृत्वमा एमाले नेताहरू शेरबहादुर तामाङ, गोकुल बास्कोटा, आनन्द पोखरेल र सुशीला नेपाललगायत रहेको ११ सदस्यीय  अध्यक्ष मण्डल गठन गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button