पोखरामा पनि विभिन्न कार्यक्रमका साथ संविधान दिवस मनाइयो (फोटो फिचर)

पोखरा । आज असोज ३ अर्थात् संविधान दिवस । यस अवसरमा गण्डकी प्रदेशको राजधानी पोखरामा पनि विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइएको छ ।
गण्डकी प्रदेश सरकार मुल समारोह समितिको आयोजनामा आज पोखरामा झाँकी सहितको र्याली एवं एक समारोहका बिच संविधान दिवस मनाइएको हो ।
उक्त समारोहका प्रमुख अतिथि गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई ब्याण्ड बाजा गाजा सहित स्वागत तथा नेपाल प्रहरीले सलामी समेत दिएको थियो ।

उक्त अवसरमा गण्डकी प्रज्ञा प्रतिष्ठान, जोजिज्यू म्युजिक सेन्टरका कलाकारको प्रस्तुति रहेको थियो । पोखराको शहिदचोकबाट सुरु भएको र्याली मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय परिसरमा आयोजित मुल समारोहमा परिणत भएको थियो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव बद्रीनाथ अधिकारीले बताउनु भयो । पोखरामा संविधान दिवसको अवसरमा गरिएको कार्यक्रमका केही झलकहरू ।



















प्रतिक्रिया राख्नुहोस्