तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा राष्ट्रिय भलिबल कप सुरु

पोखरा । पोखराको लामाचौरमा आज (शुक्रबार) देखि राष्ट्रिय भलिबल कप सुरु भएको छ ।

नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा शुक्रबार देखि पुरुष तर्फका खेल सुरु भएका हुन् ।

शुक्रबार भएको लिग चरणको खेलमा गण्डकी प्रदेशले एकमा जित एकमा हार व्यहोरेको छ । पुरुषतर्फको खेलमा गण्डकी प्रदेशले बागलुङको गलकोट स्पोर्टस क्लबलाई ३–१ को सेटमा पराजित गर्दा अर्को खेलमा भने गण्डकी बुटवलको मणि मुकुन्द भलिबल क्लबसँग ३–२ को सेटमा पराजित भएको हो ।

दोस्रो खेलमा नेपाल पुलिस क्लबले मणि मुकुन्द भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गर्‍यो । पुलिसले पहिलो सेट २५–१६ मा आफ्नो पक्षमा पारे पनि पछिका तीन सेटमा लगातार पराजित भएको हो ।

समाजको २७ औँ वार्षिकोत्सव एवं २५ औ संस्करणको लामाचौर तीज महोत्सवको अवसरमा महिला भलिबल खेल भने शनिबार देखि सुरु हुने भएको समाजका अध्यक्ष स्वागतमानसिंह भण्डारीले बताउनुभयो । पहिलो दिन पाँच खेल हुने भनिए पनि प्रतिकुल मौसमका कारण एपिएफ र पुलिस बीचको खेल स्थगित भएको हो ।

शनिबार सात खेल हुने भएको पूर्व अध्यक्ष बुद्धिबहादुर खत्री क्षेत्रीले बताउनु भयो । प्रतियोगिता राउन्ड रोविन लिगको आधारमा खेलाइएको छ ।

प्रतियोगितामा महिलातर्फ ४ नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब, न्यू डायमन्ड क्लब तथा एभरेष्ट भलिबल क्लब बुटवलले सहभागिता छ । त्यसै गरि पुरुषतर्फ गण्डकी प्रदेश, विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब, मणि मुकुन्द क्लब बुटवल गरि पाँच टिमको सहभागिता रहेको महोत्सवका प्रचार संयोजक दिनेश भण्डारीले बताउनुभयो ।

राष्ट्रिय भलिबल प्रतियोगितामा महिला र पुरुष तर्फ उपाधि विजेतालाई जनही १ लाख ५० हजार १ सय ११ रुपैयाँ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । त्यसै गरी दोस्रो हुने टिमलाई जनही १ लाख १ सय ११ र तेस्रो हुनेलाई जनही ५० हजार १ सय ११ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने समाजले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button